ब्याड बैंकः संकटलाई अवसरमा बदल्ने बैंकिङ रणनीति, के नेपालका लागि अब समय आएको हो ?
clickmandu.com · Tue Aug 04 02:20:13 GMT 2026

सन् १९९७ को एशियाली वित्तीय संकट विश्व बैंकिङ इतिहासको एउटा महत्त्वपूर्ण मोड थियो । थाइल्यान्डबाट सुरु भएको संकटले दक्षिण कोरिया, मलेसिया, इन्डोनेसिया लगायतका देशका बैंकहरूलाई नराम्ररी प्रभावित गर्यो । बैंकहरूको ठूलो हिस्सा निष्क्रिय कर्जा (एनपीएल)ले भरियो, लगानी रोकियो र आर्थिक वृद्धि लगभग ठप्प भयो । त्यतिबेला धेरै सरकारले एउटै प्रश्नको उत्तर खोजे । त्यो हो, के बैंकहरूले विगतका खराब कर्जा बोकेर भविष्यको अर्थतन्त्र निर्माण गर्न सक्छन् ?
यसको उत्तरका रूपमा दक्षिण कोरियाले कोरिया एसेट म्यानेजमेन्ट कर्पोरेसन (काम्को) लाई सशक्त बनायो । मलेसियाले १९९८ मा दानाहर्ता स्थापना गर्यो । यी संस्थाहरूले बैंकहरूबाट समस्याग्रस्त कर्जा खरिद गरे, व्यवसायहरूको पुनर्संरचना गरे, आवश्यक परे नयाँ व्यवस्थापन ल्याए, सम्पत्ति बिक्री गरे र हजारौं अर्ब डलर बराबरको निष्क्रिय सम्पत्तिलाई पुनः आर्थिक गतिविधिमा फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)