मुग्लिन-पोखरा सडक विस्तार : थपिएको अवधिमा पनि सकिएन काम
ekantipur.com · Mon Nov 04 23:57:55 UTC 2024
तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक खण्डको काम थपिएको समयमा पनि पूरा नहुने भएको छ । पूर्वी खण्डको आगामी फागुनसम्म र पश्चिम खण्डको मंसिरसम्म म्याद थप गरिए पनि उक्त अवधिमा काम नसकिने आयोजनाले जनाएको हो । हालसम्म पूर्वी खण्डको ६८ प्रतिशत र पश्चिम खण्डको ३१ प्रतिशत मात्र काम सकिएको छ ।
३ वर्षभित्र सडक निर्माण गरी हस्तान्तरण गर्ने गरी राजमार्गको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) २०७७ माघ १७ मा र पश्चिम खण्ड (जामुने–पोखरा) २०७८ जेठ २ मा सरकार र ठेकेदारबीच सम्झौता भएको थियो । तर सरकारले समयमै ‘लाइन क्लियर’ नगरिदिँदा र ठेकेदारले कामको गति नबढाउँदा राजमार्ग विस्तार कार्यले पूर्णता पाउन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)