समून्द्री किनारबाट बेपत्ता भएकी महिला खोज्न एक करोड खर्च
ratopati.com
भारतमा एक जोडी आफ्नो दोस्रो विवाहको वार्षिकोत्सव मनाउन सोमबार आन्द्र प्रदेशको विशाखापट्टनमको आरके बिचमा गएका थिए । बिचमा घुमिरहँदा श्रीमती बेपत्ता भइन् । श्रीमानले श्रीमती समुन्द्रमा डुबेको आशंकामा खोजी सुरु गरे । तर श्रीमती भने आन्ध्रको नेल्लोरमा आफ्नो प्रेमीसँग भेटिइन् ।
बिचबाट बेपत्ता भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती महिलाको शव खोज्न दुई दिनसम्म समुद्र तट र आसपासका क्षेत्रमा खोजी गरेको थियो । खोजी कार्यका लागि नौसेनाको हेलिकप्टर पनि प्रयोगमा ल्याइएको थियो । यससँगै समुद्री प्रहरी, गोताखोर, माछा मार्नेहरूले पनि खोजी गरेका थिए । खोजी कार्यमा प्रशासनले करिब एक करोड रुपैयाँ खर्च गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)