आइपीएलमा खेलाडी ट्रान्सफर विन्डो खुला लखनउबाट मुम्बइ गए शेफर्ड
neplays.com
आईपीएल २०२४ सुरु हुने समय छ । तर डिसेम्बरमा हुने लिलामी अघि नै खेलाडी आदानप्रदानको काम सुरु भइसकेको छ । यसै क्रममा लखनऊ सुपर जाइन्ट्स (एलएसजी) को टोली पहिलो स्थानमा आएको छ । लखनउ फ्रेन्चाइजीले आफ्नो टोलीमा समावेश गरिएका वेस्ट इन्डिजका अलराउन्डर रोमारियो शेफर्ड लाई पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई) लाई बेचेको (ट्रेड गरेको) छ। मुम्बई इन्डियन्सले क्यारेबियन खेलाडीलाई ५० लाखमा समावेश गरेको छ ।
दायाँ हाते अलराउन्डर रोमारियो शेफर्डले आइपीएल २०२३मा लखनऊ सुपर जायन्ट्सका लागि मात्र एक खेल खेले। उक्त खेलमा शेफर्डले सनराइजर्स हैदरावादविरुद्ध खाता पनि खोल्न सकेनन् र आदिल रसिदको बलमा एलबीडब्ल्यू आउट भए । उनले बलिङमा भने मौका नै पाएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)