यस्तो थियो क्रूर हत्याका अभियोगी आलमको कारागारभित्रैबाट ‘राजनेता’झैँ टेलिफोन सम्बोधन गर्ने योजना
nayapatrikadaily.com · Sat Jul 09 00:09:00 GMT 2022
स्थानीय निर्वाचनअघि कारागारभित्रैबाट रौतहटको राजपुर नगरपालिकाका मतदातालाई टेलिफोन सम्बोधन गर्ने व्यवस्था मिलाउन आलमले गृह मन्त्रालयबाट कारागार व्यवस्था विभागलाई निर्देशन दिन लगाएका थिए । तर, विभागका महानिर्देशक वासुदेव घिमिरेले गलत सन्देश जाने भन्दै अस्वीकार गरेपछि अफताब आलमको योजना सफल भएन ।
जिउँदै मान्छे इँटाभट्टामा हालेर क्रूर हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताब आलमले गत स्थानीय निर्वाचनमा ‘राजनेताको शैली’मा टेलिफोनबाट गृहजिल्ला रौतहटका मतदातालाई सम्बोधन गर्न खोजेका थिए । गृह मन्त्रालयमार्फत त्यसको चाँजोपाँजो पनि मिलाइसकेका थिए । तर, कारागार व्यवस्था विभागले गृहको प्रस्ताव अस्वीकार गरेपछि आलमको योजना असफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)