घट्दो विद्यार्थी संख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
gorkhapatraonline.com · Fri Jun 12 17:22:58 GMT 2026

घट्दो विद्यार्थी संख्या म्याग्दीको रघुगंगा गाउँपालिकाको मुख्य शैक्षिक चुनौती बनेको छ । आठ वडा रहेको रघुगंगामा एक वटा कक्षा १२ र नौ वटा कक्षा १० सम्म पठनपाठन हुने सहित ३३ सामुदायिक र भगवतिमा एक निजी विद्यालय छन् । गाउँपालिकाको शिक्षा शाखाको अभिलेख अनुसार सामुदायिक विद्यालयहरुमा शैक्षिक सत्र २०८२ मा एक हजार नौ सय ३० जना विद्यार्थी भर्ना भएका थिए ।
नौ विद्यालयमा दूइ अंक भन्दा कम र १५ मा तीन अंक भन्दा कम विद्यार्थी संख्या छ । तीन अंक भन्दा बढी विद्यार्थी संख्या भएका विद्यालय चार वटा मात्र छन् । शैक्षिक सत्र २०८३ को जेठ तेस्रो सातासम्म रघुगंगाका सामुदायिक विद्यालयमा एक हजार तीन सय नौ जना विद्यार्थी भर्ना भएका शिक्षा शाखाका प्रमुख नहेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । “यस वर्ष छ सय ४९ जना छात्रा र छ सय ६० जना छात्र भर्ना भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं
राष्ट्रिय परीक्षा बोर्ड