देशैभर रंगशाला बनाउने सरकारको महत्त्वाकांक्षी योजना, बजेटमा ३–३ करोड मात्र
kendrabindu.com · Tue Aug 04 03:31:07 GMT 2026
काठमाडौं । खेलकुद पूर्वाधार निर्माणमा सरकारले महत्त्वाकांक्षी योजना ल्याएको छ। तर ती योजनाहरूमा पूरा गर्न छुट्याइएको बजेट हेर्दा अलिकति फरक छ। किनभने बजेट विनियोजन हेर्दा आर्थिक वर्ष २०८३/८४ मा कुनै पनि खेल पूर्वाधार पूरा हुने संकेत देखिँदैन।
सरकारले राष्ट्रिय खेलकुद परिषद्लाई ६२ वटा योजना दिएकामा कुनैलाई पनि आवश्यक पूरा बजेट विनियोजन गरिएको छैन। यता भौतिक तथा पूर्वाधार विकास मन्त्रालयमार्फत खेलकुदका २७ रंगशाला र कभर्डहल निर्माणका लागि बजेट विनियोजन गरिएको छ। एउटै रंगशाला बनाउन अर्बौं लाग्ने भए पनि २७ वटा पूर्वाधारका लागि ८१ करोड बजेट राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)