कालोपत्रे उप्किएपछि धनकुटाको हिले-भीरगाउँ सडक निर्माणको म्याद थप
barnanmedia.com · Tue Aug 04 03:26:44 GMT 2026

धनकुटा नगरपालिकाको वडा नं. १ र २ जोड्ने हिले–भीरगाउँ–मधुगंगा सडकअन्तर्गत हिलेबाट गाँजर चोक मुनिसम्म गरिएको कालोपत्रे केही समयमै उप्किन थालेपछि निर्माणको म्याद पुन: थपिएको छ ।
हिउँदमा गर्नुपर्ने काम निर्माण व्यवसायीले असारमा हिलोमाटोमाथि नै कालोपत्रे गरेको आरोप स्थानीयले लगाएका छन् । कालोपत्रे गरिएको धेरै स्थानमा सतह उप्किएर माटो देखिन थालेपछि सडक प्रयोगकर्ताले निर्माणको गुणस्तरमाथि प्रश्न उठाएका छन् । कम सवारी चाप भएको सडकमै यस्तो अवस्था देखिएपछि स्थानीय थप आक्रोशित बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)