अमेरिकाले ट्यारिफ फिर्ता गर्दा एप्पल, अमेजनले पाए अर्बौं डलर
kendrabindu.com · Tue Aug 04 03:58:29 GMT 2026

काठमाडौं । अमेरिकी सरकारले आयातमा उठाएको अतिरिक्त कर (ट्यारिफ) फिर्ता गर्न थालेसँगै एप्पल, अमेजनसहितका ठूला अमेरिकी कम्पनीले अर्बौं डलर फिर्ता पाएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गरेका विभिन्न ट्यारिफ अवैध भएको अमेरिकी सर्वोच्च अदालतको फैसलापछि भन्सार तथा सीमा सुरक्षा निकाय (सीबीपी) ले कम्पनीहरूलाई चरणबद्ध रूपमा रकम फिर्ता गर्न थालेको हो ।
एकपटकका लागि भएको यो फिर्ताले ती कम्पनीको आम्दानी र नगद प्रवाहमा उल्लेख्य सुधार ल्याएको सञ्चार माध्यमले जनाएका छन् । एप्पलले जुनमा सकिएको दोस्रो त्रैमासिक अवधिमा करिब २.२ अर्ब अमेरिकी डलर ट्यारिफ फिर्ता पाएको जनाएको छ । यसबाट कम्पनीको प्रतिशेयर आम्दानीमा ११ सेन्ट थपिएको छ । वालमार्टले करिब २.४ अर्ब अमेरिकी डलर फिर्ता पाए त्यसको केही हिस्सा उपभोक्ताका लागि मूल्य घटाउन प्रयोग गर्ने योजना रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)