कर्णालीमा बाढीपहिरोको वितन्डा : मृतक ३५ पुगे, २० बेपत्ता
annapurnapost.com · Wed Oct 12 00:57:00 GMT 2022
सिमकोट/दैलेख : एक सातादेखि निरन्तर वर्षाका कारण बाढीपहिरो चल्दा कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ। २० जना हराइरहेका छन्। कर्णालीका सुर्खेत र रुकुमपश्चिमबाहेक ८ जिल्लामा जनधनको क्षति भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) माधवप्रसाद श्रेष्ठले बताए।
‘सबैभन्दा बढी जुम्लामा १० जनाको मृत्यु भएको छ’, प्रदेश प्रहरी प्रवक्ता श्रेष्ठले अन्नपूर्ण पोस्ट्सँग भने, ‘मुगुमा ८, कालीकोटमा ५, हुम्लामा ४, जाजरकोटमा ३, डोल्पामा २, सल्यानमा २ र दैलेखमा १ गरी प्रदेशभर ३५ जनाको दुःखद् मृत्यु भएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)