युनिभर्सल पावर कम्पनी : कम्पनी विश्लेषण (सोमवार, २६ माघ २०७७)
abhiyandaily.com
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रु. १ करोड ६३ लाख ३९ हजार खुद नाफा गरेको छ । कम्पनीले दोलखा जिल्लामा निर्माण गरिरहेको ११ मेगावाट क्षमताको तल्लोखारे खोला जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिएको छ ।
यस कम्पनीले २४ दशमलव २२ मेगावाट क्षमताको इङ्खु खोला जलविद्युत् आयोजनाको अध्ययन पनि गरिरहेको छ भने ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गर्न लगानी गर्ने सम्झौतासमेत गरिसकेको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)