न्यायाधीश नै मेलमिलापकर्ता हुने कानुन बनाउँदै सरकार
onlinekhabar.com · Tue Aug 04 04:14:13 GMT 2026

१९ साउन, काठमाडौं । सरकारले न्यायाधीश नै मेलमिलापकर्ता हुने व्यवस्था गर्न मेलमिलाप सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभामा दर्ता गराएकी छन् ।
विधेयकको उद्देश्य मेलमिलापमार्फत छिटो, छरितो र सरल प्रक्रियाबाट विवाद समाधान गरी सर्वसाधारणको न्यायमा पहुँच विस्तार गर्नु रहेको छ । साथै, मेलमिलापसम्बन्धी कार्यलाई प्रदेश तथा स्थानीय स्तरसम्म विस्तार गर्ने लक्ष्य पनि विधेयकले लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)