विराटनगरका ६ सहकारी संस्थाको दर्ता खारेज
clickmandu.com · Tue Aug 04 04:15:57 GMT 2026

विराटनगर । विराटनगर महानगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका ६ वटा सहकारी संस्थाहरूको दर्ता खारेज गरेको छ । महानगरपालिकाको सहकारी शाखाले शनिबार एक सूचना जारी गर्दै ती संस्थाहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जानकारी दिएको हो ।
महानगरपालिकाका अनुसार विगत ५ वर्षभन्दा बढी समयदेखि कुनै पनि विवरण नबुझाई, सम्पर्कविहीन भई निष्क्रिय रहेका सहकारीहरूलाई पटक-पटक सूचना जारी गर्दा पनि सम्पर्कमा नआएपछि खारेजीको निर्णय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)