प्रचण्डको चीन भ्रमणमा सार्वजनिक कूटनीति कति प्राथमिकतामा ?
shilapatra.com · Wed Sep 13 00:43:16 GMT 2023
हामी आफ्नो व्यक्तिगत सम्बन्ध विस्तारमा सहयोगी र सकारात्मक भाव भएका व्यक्तिहरू छनोट गर्छौं । त्यस्ता व्यक्तिहरूको विश्वास राख्छौँ, अनि प्रगाढ सम्बन्ध विकसित हुन्छ । गहिरो बन्दै गएका त्यस्ता सम्बन्धहरूमा अवाञ्छित स्वार्थहरूको भूमिका भएको महसुस हुन थाल्यो भने विस्तारै सम्बन्ध टाढिँदै पनि जान्छ । यो मानवीय सम्बन्धहरूको उतार/चढावका महत्त्वपूर्ण कसीहरू हुन् ।
मानवीय सम्बन्धको यो तराजु, अन्तर्राष्ट्रिय सम्बन्धको एक आयाम, सार्वजनिक कूटनीतिलाई विश्लेषणात्मक दृष्टिकोणमा बुझ्ने एक मापदण्ड पनि हो । किनभने, सार्वजनिक कूटनीतिका आधारभूत एकाइका रूपमा दुई देशका नागरिकहरूको सम्बन्धलाई मानिन्छ । यद्यपि, यो यतिमा सीमित भने हुँदैन । सार्वजनिक कूटनीतिमा भूमिका खेल्ने निकाय, संस्था र व्यक्तिहरू संस्थागत प्रकृतिका या गैरसंस्थागत प्रकृतिका गरी दुवै किसिमका हुन्छन् । कुनै गतिविधि केन्द्रबाट तल्लो तहमा प्रसार हुन्छ भने कुनै तल्लो तहबाट माथिल्लो तहमा चढेको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)