अपत्यारिलो बाढीले बग्यो कागबेनी
annapurnapost.com · Tue Aug 15 00:38:42 GMT 2023
जोमसोम : बस्तीनजिकै बगेको कागखोला। किनारमा पवित्र तीर्थस्थल कागबेनी। खोला, बस्ती र तीर्थस्थल मिलेर नै यहाँको सुन्दरता फरक देखिन्थ्यो। मुस्ताङको मुहार अझै चम्किलो हुन्थ्यो। तर, अचानक भारी वर्षासँगै आइतबार राति आएको कागखोलाको बाढीले त्यो सुन्दरता एकै क्षणमा धमिलो बनायो। नदी किनारका २९ घर, ९ गोठ र १२ सवारीमा क्षति पुर्यायो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेल भन्छन्, ‘धन्न ! बाढी आउँदै गरेको जानकारी माथिल्लो क्षेत्रका स्थानीयले दिएकाले मानवीय क्षति भएन।’
कागखोलाको बाढीले कागबेनी गाउँको १३ वटा घरमा आंशिक क्षति पुगेको छ भने ९ वटा गोठमा पूर्णरूपमा क्षति पुगेको प्रहरी नायव उपरीक्षक पौडेलले उल्लेख गरे। कागबेनी गाउँ जोड्ने ३ वटा अस्थायी पुल, जोमसोम—कोरला जोड्ने एउटा पक्की पुल र कागबेनी—तिरी गाउँ जाने झोलुंगे पुल बाढीले बगाएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)