मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

news24nepal.tv · Mon Sep 27 00:54:08 GMT 2021

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताउनुभएको छ ।

आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबद्र्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)