'१०–१५ दिनमा ग्यास आपूर्ति सहज हुन्छ'
ratopati.com · Tue Aug 04 05:32:49 GMT 2026

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले १०–१५ दिनभित्र ग्यास आपूर्ति सहज हुने बताएका छन्। सरकारले लामो समयसम्म ७.१ केजीका सिलिन्डरको बिक्री–वितरण जारी राख्दा अहिलेको समस्या उत्पन्न भएको उनको दाबी छ।
मंगलबार उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा बोल्दै अध्यक्ष चन्दले भने, 'ग्यास ल्याउने बुलेट हाम्रो नियन्त्रणमा छैन। उपभोक्ताले पनि ग्यास सिलिन्डर स्टक गरेर राख्दा समस्या थपिएको हो। सामान्य अवस्थामा ८० देखि ९० वटा बुलेट आवश्यक पर्छ, तर अहिले १२० वटासम्म बुलेटमार्फत ग्यास आयात भइरहेको छ। सरकारले १४.२ केजीका सिलिन्डरको बिक्री–वितरण सुरु गरेयता ३२ हजार मेट्रिक टन ग्यास खपत भइसकेको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)