वैदेशिक रोजगारीमा ठगी गर्ने विरुद्ध सरकार आक्रामक
annapurnapost.com · Sat Jul 04 03:17:22 GMT 2026

काठमाडौं : वैदेशिक रोजगारीका नाममा सर्वसाधारणलाई ठगी गर्ने र कानुन उल्लंघन गर्नेहरू विरुद्ध सरकारले कारबाही तीव्र पारेको छ। वैदेशिक रोजगार विभाग र प्रहरीको सक्रियताका कारण पछिल्लो समय ठगीमा संलग्न दर्जनौं व्यक्ति र संस्थाहरू कारबाहीको दायरामा आएका छन्।
वैदेशिक रोजगार विभागको मुद्दा तथा अनुसन्धान शाखाले शुक्रबारमात्रै वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा २५ वटा नयाँ मुद्दा दर्ता गरेको छ। कारबाहीकै क्रममा विभागले ८ जना अभियुक्तलाई पक्राउ गरी उपस्थित गराएको छ भने फरार रहेका अन्य १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)