मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

तारा एयर दुर्घटना : २१ को शव भेटियो

ekantipur.com · Tue May 31 00:33:03 GMT 2022

म्याग्दी, पोखरा — तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये १० यात्रुको शव काठमाडौं पुर्‍याइएको छ । २२ यात्रुमध्ये एक जना अझै भेटिएका छैनन् । खोंचमा देखिएको एउटा शव उद्धार गर्न नसकिएको मुस्ताङ प्रशासनले जनाएको छ । उद्धार गरिएका अन्य १० शव खराब मौसमका कारण सोमबार घटनास्थलमै राखिएको छ ।

आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानो सरेभीरमा दुर्घटनाग्रस्त अवस्थामा करिब १९ घण्टापछि भेटिएको थियो । खोज तथा उद्धारकर्ताले सोमबार दिउँसो ३ बजेसम्म दुर्घटनास्थलमा छरपस्ट शव, यात्रुका सामग्री संकलन गरी १० वटा शवलाई तल झार्न सकेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)