पाल्पा जीप दुर्घटनामा मृत्यु भएका ९ जनाको सनाखत
makalukhabar.com · Tue Feb 13 17:21:01 GMT 2024
पाल्पामा जीप दुर्घटनामा मृत्यु भएका ९ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृतक एक पुरुषको सनाखत हुन सकेको छैन।
दुर्घटनामा पाल्पाको तिनाउँ गाउँपालिका ६ की ६० वर्षीया यनकुमारी पन्त, सोही ठाउँका ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल १४ का ७० वर्षीय चन्द्र रनपाल, उनकी श्रीमती ६० वर्षीया चुना रनपाल, पाल्पाको रिप्तिकोट १ की दिलकुमारी सुनार, ६६ वर्षीया विष्णुकला कामी, तिनाउ गाउँपालिका २ की गीता सुनार रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)