करदाता प्रोत्साहन उपहार कार्यक्रम,११ लाख नजिक पुग्यो योग्य कारोबार संख्या
arthasansar.com · Tue Aug 04 06:32:50 GMT 2026

आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता उपहार प्रोत्साहन कार्यक्रम’ मा सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ।
सोमबार मध्याह्नसम्ममा पुरस्कारका लागि योग्य कारोबारको संख्या झन्डै ११ लाख (१० लाख ८२ हजार ६२२) पुगेको छ। यसमा क्युआर (QR) कोडमार्फत भएका भुक्तानीका साथै भौतिक बिल अपलोड गरिएका कारोबारहरू समावेश छन्। साउन १ देखि १५ गतेसम्म क्युआरबाट भएका १० लाख ७४ हजारभन्दा बढी कारोबार योग्य भइसकेका छन् भने उपहार घोषणा हुनुअघिका नगद बिलहरू पनि अपलोड गर्न सकिने भएकाले यो संख्या अझै बढ्ने विभागको अनुमान छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)