मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी-२० विश्वकप : पाकिस्तानलई हराउँदै अस्ट्रेलिया उपाधि नजिक

annapurnapost.com · Fri Nov 12 06:21:00 GMT 2021

दुबई : अस्ट्रेलिया टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ। बिहीबार राति संयुक्त अरब इमिरेट्सको दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो।

पाकिस्तानले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभरमा पाँच विकेट गुमाएर जित निकाल्यो। अस्ट्रेलियालाई जित दिलाउन डेविड वार्नरले सर्वाधिक ४९ रन बनाए। उनले ३० बलमा तीन छक्का र तीन चौका हिर्काए। यसैगरी म्याथु वेडले अविजित ४१, मार्कस स्टोइनिक्सले ४० र मिचेल मार्सले २८ रनको योगदान दिए। पाकिस्तानका सदाव खान एक्लैले चार विकेट लिए। यस्तै शाहिन अफ्रिदीले एक विकेट हात पारे।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)