दिल्लीका मुख्यमन्त्री काठमाडौं आउने !
lokaantar.com

भारतको राजधानी दिल्ली प्रदेश सरकारकी मुख्यमन्त्री रेखा गुप्ताले नेपाल आउने इच्छा व्यक्त गरेकी छन् । आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न उनले काठमाडौं आउने बताएकी हुन् ।
पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप राना नेतृत्वको समूहसँग भएको भेटका अवसरमा उनले आफू छिट्टै नै पशुपतिनाथको पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने जानकारी गराइन्। तर, कहिले आउने भन्ने टुंगो लागेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)