‘नागरिकप्रतिको कर्तव्य र दायित्व पूरा गर्न प्रयास गर्छौं’
baahrakhari.com · Sat Feb 05 16:51:00 GMT 2022
सिन्धुपाल्चोक । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपदबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताएका छन् । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ र ७ जोड्ने मेलम्ची खोलामा निर्माण गरिएको बेलीवृजको उद्घाटन गर्दै उनले प्रकृति विपद्बाट हुने क्षति न्यूनीकरण, नियन्त्रण र व्यवस्थापनका लागि कदम आवश्यक चाल्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
मन्त्री खाँणले भने, “पीडामा परेका नागरिकको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध छ, साधनस्रोत कमी भए पनि सरकारको जवाफदेही र जिम्मेवारी बढी छ, प्रहरी प्रशासनबाट नागरिकप्रतिको दायित्व निर्वाह भरमग्दुर प्रयास हुँदै आएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)