चीन, जापान, कोरिया र हङकङका ट्रेन्डिङ प्रोडक्ट अब एक क्लिकमै नेपालमा
kalakarmi.com · Tue Aug 04 06:50:21 GMT 2026

काठमाडौं- चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा प्रिमियम लाइफ स्टाइल प्रोडक्ट्स नेपाली उपभोक्तासम्म सहज रूपमा पुर्याउने उद्देश्यसहित ईयुमा डट कम ले आगामी श्रावण २० गते, बुधवारदेखि आफ्नो औपचारिक सेवा शुभारम्भ गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विभिन्न उत्पादनलाई नेपाली ग्राहकहरुका लागि एउटै डिजिटल प्लेटफर्म मार्फत उपलब्ध गराउने उद्देश्यले ईयुमा डटकम सञ्चालनमा ल्याउन लागिएको हो । प्लेटफर्म मार्फत प्रिमियम फेसन, फुटवेयर, कस्मेटिक, ब्युटी प्रोडक्ट्स, होम डेकोर तथा लाइफ स्टाइल प्रोडक्ट्स लगायतका सामग्री उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ईयुमा डट कम ले विशेषगरी चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट उत्पादन सोर्सिङ गरी नेपाली बजारमा उपलब्ध गराउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)