देवानगञ्ज प्रकरण : उपचाररत रवीन्द्र मेहताको पनि मृत्यु, मृतक संख्या तीन पुग्यो
nepalviews.com · Tue Aug 04 06:54:37 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भई उपचाररत थप अर्का युवाको पनि मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार १० साउन राति गोली लागेर घाइते भएका देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको मंगलबार बिहान काठमाडौंस्थित शिक्षण अस्पताल (टिचिङ)मा उपचारका क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)