इन्टरपोल ग्लास्गो महासभामा सहभागी भए आईजी कुँवर
canadanepal.com · Tue Nov 05 04:33:48 UTC 2024

काठमाडौं– नेपाल प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरको नेतृत्वमा सुरक्षा अधिकारी संयुक्त अधिराज्यको स्कटल्यान्डस्थित ग्लास्गोमा इन्टरपोल महासभामा सहभागीता जनाइएको छ।
९२औं महासभा कात्तिक १९ गतेदेखि सुरु भएको छ। यो महासभा २२ गतेसम्म चल्नेछ।
महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहसमेत बेलायत प्रस्थान गरेका छन्।
इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयमा मतदानद्वारा निर्णय गर्ने प्रावधान छ।
आईजी कुँवरको अनुपस्थितिमा नेपाल प्रहरीको कार्यबाहक संगठन प्रमुखको जिम्मेवारीमा एआईजी टेकप्रसाद राईले काम गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)