स्थानीय पाठ्यक्रम छ, पुस्तक छैन
rajdhanidaily.com · Wed Nov 22 23:16:35 GMT 2023
कालिकोट । स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, ज्ञान, सीपलाई समेट्ने गरी जिल्लाको रास्कोट नगरपालिकाले आफ्नै पाठ्यक्रम बनायो । पाठ्यक्रममा विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदा’bout परिचित गराउने विषय समावेश गरियो । ‘हाम्रो रास्कोट’ हाम्रो पहिचान नामको पाठ्यपुस्तक छाप्ने र चालू शैक्षिक सत्रको सुरुदेखि नै लागू गर्ने निर्णय गरेको नगरपालिकाले शैक्षिक सत्र सकिने समयसम्म पनि पाठ्यपुस्तक भने तयार गर्न सकेको छैन । विद्यालयमा शिक्षकहरूले पाठ्यक्रमका आधारमा विद्यार्थीलाई पठनपाठन गराएका छन् । विद्यार्थीहरू पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक नपाउँदा के पढेर कस्तो परीक्षा दिने भन्ने अन्योलमा छन् ।
शिक्षकले पढाएको कुरालाई मात्र विद्यालयमा बुझेर उपलब्धि हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो रहेको छ । ‘आफ्नै गाउँठाउँ’bout स्कुलमा पढ्न पाउँछौँ भन्ने कुराले हामी उत्साहित थियौँ,’ खाँडाचक्र नगरपालिका– ३ जनजिवन माविमा अध्ययनरत करुणा सुनारले भनिन्, ‘तर, समयमा पुस्तक पाएका छैनौँ । हाम्रो उत्साह मर्दै गएको छ । सरहरू आउँछ–आउँछ भन्नुहुन्छ । हाम्रो नगरपालिकाले त पाठ्य पुस्तकका परै छ पाठ्यक्रमनै बनाउन सकेको छैन रे !’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)