राष्ट्र बैंक बोर्डबाट अर्थसचिव हटाउन अस्वीकार, अर्थमन्त्रीका यस्ता छन् तर्क
ratopati.com · Tue Aug 04 08:45:00 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति (बोर्ड) बाट अर्थ मन्त्रालयका सचिवलाई हटाउने प्रस्ताव अस्वीकार गरेका छन् । मंगलबार अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन संशोधनका विषयमा भएको दफावार छलफलमा बोल्दै अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीतिबिच समन्वय गर्न अर्थसचिवको उपस्थिति बोर्डमा अनिवार्य रहेको तर्क गरेका हुन् ।
विभिन्न क्षेत्रबाट राष्ट्र बैंकको बोर्डमा अर्थसचिव राख्न नहुने र यसले केन्द्रीय बैंकको स्वायत्ततामाथि हस्तक्षेप हुने आवाज उठिरहेका बेला अर्थमन्त्रीले भने नेपालको आर्थिक संरचना र अवस्थाको व्याख्या गर्दै सचिव हटाउन नहुने अडान लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)