यूएफसीका फाइटर एलन नासिमेन्टोको ३४ वर्षकै उमेरमा निधन
kendrabindu.com · Tue Aug 04 07:00:56 GMT 2026
काठमाडौं। यूएफसीका फाइटर एलन नासिमेन्टोको ३४ वर्षको उमेरमा निधन भएको छ। यूएफसीले जारी गरेको विज्ञप्तिअनुसार ब्राजिलियन फ्लाइवेट खेलाडी नासिमेन्टोको घरमै हृदयघातका कारण निधन भएको हो।
यूएफसीले विज्ञप्तिमा भनेको छ, ‘सोमबारको बिहान हाम्रा प्रिय फाइटर तथा अनुकरणीय फ्लाइवेट एलन नासिमेन्टो सम्भावित हृदयघातका कारण अचेत अवस्थामा फेला परेका थिए। घटनास्थलमा पुगेको चिकित्सकीय टोलीले उनलाई बचाउने हरसम्भव प्रयास गरे पनि घटनास्थलमै मृत घोषित गरिएको थियो।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)