कांग्रेस इटहरीको पार्टी कार्यालयमा तालाबन्दी
rajdhanidaily.com · Tue Aug 30 23:17:14 GMT 2022
इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाका उपसभापति बालकृष्ण विष्टको नेतृत्वले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । मंगलबार बिहान विष्टको नेतृत्वमा भेला भएका कार्यकर्ताले पार्टी कार्यालयमा तालबन्दी गरेका हुन् ।
विष्टका अनुसार इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलले उपसभापति कोवितजंग कार्कीलाई कार्यवाहकको जिम्मेवारी दिएको र कार्यवहाकले विधानविपरीत मनोनयन गरेको तथा बैठक एवं चुनावी समीक्षा नभएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो । ‘पार्टीको १४औं महाधिवेशनमा हामी निर्वाचित भएको र स्थानीय तहको निर्वाचन सकिए पनि अहिलेसम्म एउटा समीक्षा बैठकसम्म भएको छैन,’ उनले भने, ‘स्थानीय तहको निर्वाचन भएपछि हामीले इटहरी नगरप्रमुख जितेका छौं, तर २०७४ सालमा जितेका वडाहरू पनि अन्तर्घातका कारण हारेका छौं, समीक्षा बैठक पनि हुनुपर्छ भनेर पटकपटक पदाधिकारीले बैठक राखौं भन्दा पनि बैठक भएको छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)