सुरक्षा कडाईले ठोरी नाकामा रोकिए भारतीय पर्यटक
kendrabindu.com · Sat Jul 04 03:30:23 GMT 2026

पर्सा । पर्साको ठोरी नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकका सवारी साधनमाथि सशस्त्र प्रहरीको बीओपीले कडाइ गरेपछि सयौं पर्यटक सीमामै रोकिएका छन् । ठोरी जंगल रिसोर्टका सञ्चालक सुदीप थापाका अनुसार शुक्रबारदेखि ठोरीस्थित सशस्त्र प्रहरीको बीओपीले भारतीय नम्बरका मोटरसाइकल तथा चार पांग्रे सवारीसाधनलाई ठोरी प्रवेशमा पूर्ण रोक लगाएको छ ।
नेपाल प्रवेश गर्न नपाएपछि सीमा क्षेत्र ठुटेखोला पुलपारी भारतीय पर्यटकहरूको सवारी साधन रोकिएको छ । त्यहाँदेखि ठोरी बजार पुग्ने सार्वजनिक सवारी साधन छैन । जसका कारण ठूलो संख्यामा भारतीय पर्यटकहरू पुल पारी अलपत्र परेको थापाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)