आयोजक र रेफ्रीप्रति पोखराका प्रशिक्षकको आक्रोश
baahrakhari.com · Wed Apr 02 17:55:11 GMT 2025
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को क्लब पोखरा थन्डर्सका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले प्रतियोगिता र रेफ्रीको स्तरमाथि प्रश्न उठाएका छन् । प्रतियोगितामा बुधबार पोखरा ललितपुर सिटी एफसीविरुद्ध ३–२ ले पराजित भएपछि श्रेष्ठले आयोजकले आफूहरूको तालिकाप्रति ध्यान नदिएको र रेफ्री पनि प्रतियोगिताको स्तरअनुसारको नभएको बताएका हुन् ।
उक्त खेलको ८०औँ मिनेटमा पोखराले गोललाइनबाट क्लियर भएको बलले गोलको मान्यता नपाउँदा पोखराको टेक्निकल जोन आक्रोशित भएको थियो । त्यसको दुई मिनेटपछि ८२औँ मिनेटमा रेफ्री र पोखराका अफिसियलबीच विवाद हुँदा खेल तनावपूर्ण बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)