मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

देशभर गर्मी बढ्यो, काठमाडौंको तापक्रम यसवर्षकै उच्च

setopati.com · Sat Mar 19 00:55:00 GMT 2022

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको तापक्रम पनि निरन्तर उकालो लागिरहेको हो । यस वर्ष काठमाडौंमा हिउँदपछिको सबैभन्दा बढी तापक्रम शुक्रबार ३१.३ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि १ चैतमा ३१.१ डिग्री मापन भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)