कहिले किनारा लाग्छ एमसीसी विवाद ?
reportersnepal.com · Wed Feb 02 16:10:14 GMT 2022
माघ १९, काठमाण्डौ । अमेरिकी सरकारले २००४ देखि लागू गरेको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन, एमसीसीमा नेपालले पाँच वर्ष अघि मात्रै प्रवेश पाएको हो । प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाको चौथो कार्यकालमा नेपालले यो अनुदान कार्यक्रममा हस्ताक्षर गरेको थियो । सुरुवाती सम्झौता अनुसार एमसीसीलाई संसदले पारित गर्नु पर्ने शर्त थिएन । तर, यो सम्झौतालाई संसदबाट पारित गर्नुपर्ने शर्त अघि सारिएसँगै यो सम्झौता विवादमा तानिएको छ । यसप्रति शंका पनि बढाएको छ । हुनत एमसीसी सम्झौताका बारे बुझेरभन्दा पनि नबुझेरै विवाद गर्नेको संख्या पनि कम छैन ।
एकथरीले नेपाललाई अमेरिकाको इन्डो प्यासिफिक सैन्य रणनीति अन्तर्गत ल्याउने उद्देश्यबाट यो अनुदान रकम उपलब्ध गराउन लागिएको दाबी गर्दै आएका छन् । तर, अमेरिकी सरकारले यो दाबीलाई निरन्तर अस्वीकार गर्दै आएको छ । हुनत यो सम्झौताको परस्पर प्रतिस्पर्धीका रुपमा चीनको बिआरआइ परियोजना अगाडि सारिएको छ । जसले गर्दा एमसीसी र बिआरआइ अहिले अमेरिका र चीन बीच जुंगाको लडाइँ बनेको छ । जसमा नेपाल समेत नचाहेरै फस्दै गएको छ । हुनत एमसीसी अनुदान हो भने बिआरआइ ऋण सहयोग ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)