क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ
annapurnapost.com · Tue Aug 04 09:47:29 GMT 2026

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने ४४ वर्षीय नवराज भट्ट रहेका छन्।
नवराजले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो। उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)