वर्षौंदेखि अलपत्र फास्ट्रयाक: सडक होइन खेत बन्यो, स्थानीयले गरे धान रोपाइँ
rajdhanidaily.com · Tue Aug 04 09:58:39 GMT 2026

इलाम । ठेक्का लिएर निर्माण कम्पनीले काम नगरेका कारण लामो समयदेखि अलपत्र पारेपछि भन्ज्याङ(बेलासे सडकमा स्थानीयले रोपाई गरेका छन् । सडक हिलाम्मे बनेपछि स्थानीयले सडकमै धान रोपेर विरोध गरेका छन् ।
इलामबाट झापा पुग्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा रहेको मेची कोरिडोर अन्तर्गत भन्ज्याङ–बेलासे सडक निर्माण व्यवसायीको लापरबाहीका कारण वर्षौँदेखि अलपत्र परेको छ । सडक हिलाम्मे बनेपछि स्थानीयले सडकमा धान रोपेर सम्बन्धित निकाय र निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् । भन्ज्याङदेखि बेलासे सम्मको सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे बन्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)