टेलर स्विफ्ट र ट्राभिस केल्सले गरे विवाह
nagariknews.nagariknetwork.com · Sat Jul 04 03:43:02 GMT 2026

पप स्टार टेलर स्विफ्ट र एनएफएल खेलाडी ट्राभिस केल्सले शुक्रबार राति न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा विवाह गरेका छन्। विवाह स्थल बाहिर ‘ JUST&T MARRIED ’ लेखिएको ब्यानर राखेपछि यो कुरा सार्वजनिक भएको हो।
स्विफ्टका प्रचारक ट्री पेनका अनुसार विवाहमा दुलहीका तर्फबाट उनका भाइ अस्टिन स्विफ्ट र दुलहाका तर्फबाट जेसन केल्स सहयोगी बनेका थिए। दुलहा र दुलही दुवैले क्रिश्चियन डायरको पहिरन लगाएका थिए भने स्विफ्टले कार्टियर गहना रोजेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)