माननीयज्यू ! हिजो विष रोप्नुभयो, विषाक्त फल आज तपाईँकै भागमा आइपुग्यो
nepalpress.com · Tue Aug 04 10:24:06 GMT 2026

पछिल्ला केही दिनयता केही महिला सांसदहरूमाथि सामाजिक सञ्जालमा भइरहेको अश्लील गाली, चरित्रहत्या र हेट स्पिचप्रति मेरो स्पष्ट असहमति छ । त्यसमाथि रास्वपाका अझ भनौँ भने, हिजो विभिन्न गतिविधि गरेर भाइरल बनेपछि सांसद भएका महिलाहरूले संसदीय समितिमै आफ्नो गुनासो राखेको सुनियो ।
महिला होस् वा पुरुष, जुनसुकै दलका नेता, कार्यकर्ता वा सर्वसाधारण नागरिकमाथि हुने यस्ता अमानवीय आक्रमण कुनै पनि सभ्य र लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैनन्। आलोचना लोकतन्त्रको आधार हो । तर अश्लीलता, अपमान र चरित्रहत्या अभिव्यक्ति स्वतन्त्रताको नाममा कहिल्यै जायज हुन सक्दैन । तर आज यो विषयमा बहस भइरहँदा एउटा असहज प्रश्न पनि उठ्छ-के हिजो यही व्यवहार अरूमाथि हुँदा पनि समाज यत्तिकै संवेदनशील थियो? अनि आफूहरू पीडित भइयो भनेर गुहार माग्ने माननीयहरू हिजो यस्तै साइबर हिंसा भोगेका हामीजस्ता महिला राजनीतिक कार्यकर्ताको पक्षमा बोल्नुभएको थियो ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)