ग्रिनल्यान्ड विवादले नाटो सङ्कटतर्फ
barnanmedia.com · Tue Jan 06 21:15:00 GMT 2026

डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकाले अधिग्रहण गरेमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को अन्त्य हुने गम्भीर चेतावनी दिनुभएको छ । उहाँको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज–धनी र रणनीतिक आर्कटिक टापु ग्रिनल्यान्डलाई अमेरिकी नियन्त्रणमा ल्याउन आह्वान गरेपछि आएको हो ।
शनिबार बिहान भेनेजुएलाको काराकसमा राष्ट्रपति निकोलस मदुरो र उहाँकी श्रीमतीलाई पक्राउ गर्न अमेरिकी सेनाले गरेको गोप्य सैन्य अपरेसनपछि विश्वव्यापी स्तरमा हलचल मच्चिएको छ । यही घटनाले डेनमार्क र ग्रिनल्यान्डमा थप चिन्ता बढाएको छ । ग्रिनल्यान्ड डेनमार्क राज्यअन्तर्गतको अर्ध–स्वायत्त क्षेत्र हो र यसरी नाटोको हिस्सा पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)