जीवनको कुरुक्षेत्रमा छु, युद्ध टुंगिएको छैन : सिके राउत
nepalpress.com · Wed Apr 05 06:59:25 GMT 2023
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अझै पनि जीवनको कुरुक्षेत्रमा रक्ताम्य भएर संघर्षमा रहेको बताएका छन्।
आफू चारैतिरबाट घेराबन्दी रहेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘युद्ध टुंगिएको छैन। म अझै पनि जीवनको कुरुक्षेत्रमा रक्ताम्य लहुलहुवान् भएर संघर्ष गर्दैछु। चारैतिरबाट घेराबन्दीमा छु। विभिन्न पार्टीहरू, नेताहरू, सामाजिक संरचना, यथास्थितिवादीहरू, मिडिया, शक्ति केन्द्रहरूको निरन्तर आक्रमणमा छु।’
आर्थिक, सामाजिक विभिन्न समस्याले पिरोलेको बेलामा केही आफ्नाहरूको कमजोरी र निष्क्रियताले पनि आहत भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘देशभरिकै जनताको अपेक्षा ठूलो छ। परिवर्तनका आकांक्षी करौडौँ जनता आँखा टोलाएर बसेका छन्। विगत १० वर्षदेखि लागेका लाखौँ कार्यकर्ताहरूको भविष्य सुरक्षित गर्ने जिम्मेवारी पनि काँधमा छ। देश र समाजको जिम्मेवारी एकातिर, मनको आकर्षण संन्यास र अध्यात्ममा लीन हुने तिर भने पारिवारिक जिम्मेवारी अर्कोतिर लथालिङ्ग छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)