‘समाजको चेतना र विवेकमाथि ताल्चा अत्ति भयो’
kalakarmi.com · Tue Aug 04 10:53:02 GMT 2026

काठमाडौं– भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय अहिले बन्द छ । काठमाडौं उपत्यकाका चर्चित तथा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पस तथा विद्यालयहरुलाई पायक पर्ने स्थानमा रहेको पुस्तकालय सरकारले नै तालाबन्दी गरिदिएपछि पुस्तकप्रेमीहरु आक्रोशित बनेका छन् ।