गृहमन्त्री गुरुङ र सनातन धर्मसम्बद्ध अगुवाबीच मन्त्रालयमा गम्भीर मन्थन
reportersnepal.com · Tue Aug 04 11:18:49 GMT 2026

काठमाडौँ। गृह प्रशासनले धार्मिक तथा सामाजिक सद्भावलाई मध्यनजर गर्दै धार्मिक क्षेत्रका सनातन धर्मसम्बद्ध अगुवाहरूसँग समसामयिक विषयमा गम्भीर परामर्श शुरु गरेको छ। गृहमन्त्री सुधन गुरुङको पहलमा मंगलबार गृह मन्त्रालयमा सनातन हिन्दू धर्मका प्रतिनिधिहरूसँग विशेष भेटघाट तथा छलफल सम्पन्न भएको हो।
वार्तामा सहभागी रामकृष्ण उपाध्यायका अनुसार धार्मिक क्षेत्रमा देखा परेका पछिल्ला गतिविधि, जनभावना र सनातन समुदायका प्रमुख चासोहरूलाई लिएर गृहमन्त्रीले प्रतिनिधिहरूको धारणा सुन्ने र तिनै सुझावका आधारमा निष्कर्षमा पुग्ने प्रयास गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)