भ्रामक र आधारहीन समाचार प्रकाशन भएको भन्दै प्रभु बैंकले जनायो ध्यानाकर्षण, नियमित प्रक्रियालाई गलत व्याख्या नगर्न आग्रह
clickmandu.com · Tue Aug 04 11:23:45 GMT 2026

काठमाडौं । प्रभु बैंकले केही सञ्चारमाध्यममा बैंकका सञ्चालक, पदाधिकारी र व्यवस्थापनसँग सम्बन्धित विषयलाई लिएर प्रकाशित भएका समाचारहरू भ्रामक, एकपक्षीय र आधारहीन भएको भन्दै खण्डन गरेको छ ।
बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै, तथ्य पुष्टि नगरी सम्प्रेषण गरिएका यस्ता समाचारले बैंकको संस्थागत प्रतिष्ठा र पदाधिकारीहरूको व्यक्तिगत मान-मर्यादामा आँच पुऱ्याउनुका साथै नियामक निकाय र सर्वसाधारणमा अनावश्यक भ्रम सिर्जना गर्ने प्रयास गरिएको भन्दै गम्भीर असहमति प्रकट गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)