सांसद बरालको प्रश्न- ‘मेरो इसेवाबाट २१ हजार ९०० रुपैयाँ चोरी भयो, किन सुरक्षित छैन डेटा ?
techpana.com · Tue Aug 04 11:12:32 GMT 2026

काठमाडौं । एमाले नेतृ तथा सांसद यशुदाकुमारी बरालले सामाजिक सञ्जालमा आफूले भोग्नुपरेको चरम दुर्व्यवहार र आर्थिक ठगीबारे संसदीय समितिमा कुरा राखेकी छन् । सोमबार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले नेपालमा साइबर सुरक्षाको अवस्था अत्यन्तै नाजुक रहेको र कोही पनि सुरक्षित नरहेको दाबी गरिन् ।
नेतृ बरालले आफूले फेसबुकमा राजनीतिक फोटो राख्दा अपमानजनक टिप्पणी आउने गरेको गुनासो गरिन् । उनले भनिन्, “हरेक पटक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको फोटो फेसबुकमा हाल्ने बित्तिकै मेरोमा १० वटा लाइक आउँछ भने १ हजार वटा कमेन्टमा गाली आउँछ । यो साइबर कता पुग्दैछ ? यो कुरा कसैले हेरेको छ ?”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)