श्रमिक कल्याणकारी कोषको एक अर्ब अलपत्र
abhiyandaily.com
श्रमिक कल्याणकारी कोषमा करिब १ अर्ब १० करोड रुपैयाँ जम्मा भएको छ । ९८ वटा औद्योगिक प्रतिष्ठानले जम्मा गरेको सो रकम अहिलेसम्म श्रमिकको हितको लागि खर्च हुन सकेको छैन ।
सरकारले कामदारको सामाजिक सुरक्षा गर्न भन्दै २०५६ सालमा कोष स्थापना गरेको थियो । कोष नियमावलीअनुसार नाफामा सञ्चालन भएका उद्योग तथा प्रतिष्ठानले नाफाको १० प्रतिशत कोषका लागि छुट्याउनुपर्छ । त्यसमध्येको ७० प्रतिशत प्रतिष्ठानको कोषमा र ३० प्रतिशत केन्द्रीय स्तरको श्रमिक कल्याणकारी कोषमा जम्मा गर्नुपर्छ । सोही अनुसार ९८ वटा कम्पनीले कोषमा रकम जम्मा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)