मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एमसिसीले राजनीतिक  संकट आउने जोखिम छ : नेपाल

nayapatrikadaily.com · Fri Feb 25 00:27:00 GMT 2022

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसीका कारण मुलुकमा राजनीतिक संकट आउने जोखिम रहेको बताएका छन् । संकटबारे थप व्याख्या नगरेका नेपालले एमसिसीका सन्दर्भमा उत्पन्न समस्या वार्ताबाटै समाधान हुनुपर्नेमा जोड दिए ।

युवा संघ नेपालको सुदूरपश्चिमस्तरीय भेलालाई धनगढीमा सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी सम्झौता पारित गर्न नसकिने धारणा राखे । एमसिसीको विपक्षमा उभिँदा सरकारबाट बाहिरिन आफ्नो पार्टी तयार रहेकोतर्फ संकेत गर्दै उनले सरकार ठूलो विषय नभएको बताए । एमसिसी सन्दर्भमा एमाले लिएको अवसरवादी नीतिले पनि अप्ठेरो अवस्था आएको नेपालको आरोप छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)