अन्ततः एमबीबीएस पास भए रामजी राम
onlinekhabar.com · Fri Jun 03 00:43:40 GMT 2022
२० जेठ, वीरगञ्ज । रौतहटको गढीमाई नगरपालिका–९ घर भएका रामजी रामले अन्तत: एमबीबीएस उत्तीर्ण गरेका छन् । वीरगञ्जको नेशनल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरबाट उनले एमबीबीएस उत्तीर्ण गरेका हुन् । एमबीबीएस उत्तीर्ण भएपछि बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमा बुवासँगैको फोटो सहित स्ट्याटस लेखेका छन्, ‘बुवा अन्ततः म एमबीबीएस पास भएँ ।’
आफूलाई एमबीबीएस उत्तीर्ण गराउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिंदै उनले परीक्षा अझै बाँकी रहेको समेत उल्लेख गरेका छन् । ‘परीक्षाहरू सकिएको छैन, किनकी एउटा चिकित्सकको परीक्षा रोगहरू र रोगका कारणहरूले हर हमेसा लिइरहेको हुन्छ । जहिलेसम्म जीवन छ तबसम्म परीक्षाहरू कहिल्यै सकिन्न । जीवनका बाँकी परीक्षाहरूमा पनि यहाँहरूको साथ, हौसला र सहयोग मिलोस् भन्ने कामना गर्दछु ।’ दलित समुदायबाट प्रतिनिधित्व गर्ने उनको सफलतामा खुसी हुँदै सामाजिक सञ्जालमा धेरै जनाले बधाई दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)