नर्स रानाभाटको जीवनरक्षा माग गर्दै नर्स जीता बराल पनि अनशनमा, डा.कार्की अस्पतालमा
nagariknews.nagariknetwork.com · Tue Aug 04 12:02:19 GMT 2026

नर्सहरूको अधिकार तथा पेशागत सुरक्षाको माग गर्दै छ दिनदेखि अनशनमा रहेकी नर्स ज्योति रानाभाटको जीवनरक्षाको माग गर्दै अर्की अभियन्ता जीता बरालले पनि अनशन सुरु गरेकी छन्। मंगलबार साँझदेखि उनले नेपाल नर्सिङ एसोसिएसनको हाताभित्र अनशन सुरु गरेकी हुन्।
रानाभाटले गत बिहीबारदेखि नर्सहरूको पेशागत सुरक्षाका लागि १५ बुँदे मागसहित आमरण अनशन सुरु गरेकी हुन्। अनशनका कारण स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई शनिबारदेखि वीर अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई वीर अस्पतालको आईसीयूमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)