उपचारको क्रममा तीन वर्षीया बालिकाको मृत्यु, पाँचथर अस्पताल तोडफोड
swasthyakhabar.com · Wed Oct 06 16:22:50 GMT 2021
पाँचथर- पाँचथर जिल्ला अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ। तीन वर्षीया बालिका कृष्टिना थाम्सुहाङको बुधबार उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका अनुसार बालिकालाई उपचारका लागि बुधबार बिहान नै अस्पतालमा ल्याइएको थियो। ज्वरो आएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्युभएपछि अस्पतालमा आक्रमण भएको छ। आक्रमणका क्रममा अस्पतालमा तोडफोड भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)